नेपालद्वारा आयरल्याण्ड ‘ए’सामु १९९ रनको लक्ष्य — OSNepal

नेपालद्वारा आयरल्याण्ड ‘ए’सामु १९९ रनको लक्ष्य

LC (KTM) March 26, 2024 0

काठमाडौँ, १३ चैत : नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सामु जितका लागि एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । आयरल्याण्ड ‘ए’ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । उसले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । नेपालका कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर