पटक-पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको कांग्रेसको आज पनि बस्दै पदाधिकारीको बैठक — OSNepal

पटक-पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको कांग्रेसको आज पनि बस्दै पदाधिकारीको बैठक

LC (KTM) July 29, 2021 0

काठमाडौं १४ साउन । पार्टीको १४ औं महाधिवेशनको लागि नेपाली कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे १४ औं महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल गरिने भएको छ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशनमा अन्योल थपिएपछि आजको बैठकमा महाधिवेशनबारे निर्णय गरिने बुझिएको छ ।

हिजो बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि एक दिनको समय दिएको थियो । जुन आज सकिन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर