प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल — OSNepal

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

LC (KTM) March 28, 2024 0

काठमाडौँ, १५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर