खेलाडी सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण — OSNepal

खेलाडी सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

LC (KTM) March 28, 2024 0

काठमाडौँ, १५ चैत : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छायाङ्कन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गर्नुभएको छ । दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताउनुभयो ।

“प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ । एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ”, निर्देशक चाम्सले भन्नुभयो । उहाँले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङ लगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल हुनुभएकी सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गर्नुभएका निर्देशक चाम्सले अञ्जिला तयार पार्नुभएको हो । उक्त चलचित्रमा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतका कलाकारले अभिनय गर्नुभएको छ । सो चलचित्रमा यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायाङ्कन निर्देशन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर