बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने — OSNepal

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने

LC (KTM) March 28, 2024 0

काठमाडौँ, १५ चैत : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गर्नुभयो ।

उहाँले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितिकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै उहाँले बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको भनाइ राख्नुभयो ।
सो क्रममा राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराउनुभएको थियो । विकासमा साझेदारी अनन्तकालसम्म रहने राजदूत फेनको प्रतिबद्धता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर