म्याग्दीका एक वृद्धले गरे सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण  — OSNepal

म्याग्दीका एक वृद्धले गरे सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण 

LC (KTM) March 31, 2024 0
म्याग्दी-मालिका गाउँपालिका–५ मगरदाङमा एक वृद्धले सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण गर्नुभएको छ । मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा सात मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गर्नुभएको हो । मगरदाङका स्थानीय भकबहादुर घर्तीमगरले फगामीले सरकारबाट मासिक रु चार हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता सङ्कलन गरेर रु पाँच लाखको लागतमा पुल निर्माण गरिदिनु भएको जानकारी दिनुभयो ।
दिवङ्गत श्रीमान् कलवीर फगामीको स्मृतिमा रुपीसराले निर्माण गर्नुभएको पुलको आज वडा सदस्य धनबहादुर फगामीले उद्घाटन गर्नुभयो । पुल उद्घाटनका अवसरमा मगरदाङ आमा समूह र मालिका देवीस्थान बाजा समूहले रुपीसरालाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
सो पुलबाट मगरदाङका करिब दुई सय ५० घरधुरी लाभान्वित भएका छन् । वर्खामा खोल्सामा बाढी आउँदा जोखिम खोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ । फजुल खर्च बचाएर श्रीमान्को नाममा विकास निर्माणमा खर्च गरी रुपीसराले उदाहरण प्रस्तुत गर्नुभएको वडा सदस्य फगामीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर