यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने अध्यक्ष ओलीको दाबी — OSNepal

यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने अध्यक्ष ओलीको दाबी

LC (KTM) March 31, 2024 0

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गर्नुभएको छ । काठमाडौँ–बझाङ मञ्चले सनिबार यहाँ आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गर्नुभयो । पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उहाँले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिनुभयो ।

“मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना आएर आउनभन्छुु”, उहाँले भन्नुभयो, “चुनावमा खुवाउन पियाउन हुँदैन । चुनाव मेरोमात्र हो र ?” उहाँले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गर्नुुभयो ।

उहाँले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गर्नुभयो । केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उहाँले निर्देशन दिनुभयो ।

“पार्टीभित्र असन्तुष्टि छ भने चुनावपछि छलफल गरौँला । चुनावसम्म एकअर्कामा आलोचना, टिप्पणी, उम्मेदवारको सम्बन्धमा कुनै प्रकारको टिप्पणी हुनुहुँदैन”, उहाँले भन्नुुभयो । उहाँले आन्तरिक एकता गर्दै विपक्षीसँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको समयमा नेता तथा कार्यकर्तालाई आचारसंहिता पालना गर्नसमेत निर्देशन दिनुभयो । बझाङको प्रदेशसभा (१) का उम्मेदवार दमनबहादुर भण्डारीले एमालेका विरुद्ध यसपटक गठबन्धन नभएकाले जित्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर