भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन — OSNepal

भारतमा अप्रिलदेखि गहुँको भण्डारको स्थिति अनिवार्य घोषणा गर्न सरकारद्वारा निर्देशन

LC (KTM) March 31, 2024 0

भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार गहुँको भण्डारण स्थिति साप्ताहिक आधारमा घोषणा गर्नु पर्नेछ ।सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो । घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ । आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर