डोल्पामा हावाहुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु — OSNepal

डोल्पामा हावाहुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु

LC (KTM) March 31, 2024 0

डोल्पा, १८ चैत : हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रहरी टोली गइरहेको प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो ।

बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा सोही गाउँपालिकाको लामाचौरमा शनिबार राति ८ बजे मृत्यु भएको उहाँले बताउनुभयो । खेतका लागि मल ल्याएर फर्कंदै गर्दा मुसेखोला भन्ने ठाउँमा च्यापिएर उहाँको निधन भएको हो । उहाँले सँगै लिएका दुई वटा घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर