स्रोत नखुलेको १८ लाख ५० हजारसहित दुई जना नागढुङ्गाबाट पक्राउ — OSNepal

स्रोत नखुलेको १८ लाख ५० हजारसहित दुई जना नागढुङ्गाबाट पक्राउ

LC (KTM) March 31, 2024 0

काठमाडौँ, १८ चैत : नेपाल प्रहरीले स्रोत नखुलेको नगद चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई उक्त नगदसहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौँ पु¥याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर