कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने — OSNepal

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

LC (KTM) March 31, 2024 0

काँक्रेविहार (सुर्खेत), १८ चैत : कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने हुनुभएको छ ।मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर