एक हजार छ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? — OSNepal

एक हजार छ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

LC (KTM) April 01, 2024 0

काठमाडौँ, १९ चैतः स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर