नेपालको सहभागिताविनै गठबन्धनको सरकारमा कांग्रेसले ८ माओवादी र जसपाले ७ -७ मन्त्रालय पाउने — OSNepal

नेपालको सहभागिताविनै गठबन्धनको सरकारमा कांग्रेसले ८ माओवादी र जसपाले ७ -७ मन्त्रालय पाउने

LC (KTM) July 29, 2021 0

काठमाडौं १४ साउन । सत्तारुढ गठबन्धनको सरकारको नेतृत्व गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने बुझिएको छ ।

आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निणर्य गरेको हो । अबको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले ८ माओवादी र जनता समाजवादीले ७ ७ मन्त्रालय पाउने भएको बुझिएको छ । स्रोतका अनुसार बान्की अन्य तिन जनालाई राज्यमन्त्री बनाइने भएको छ । गत असार २९ गते प्रधानमन्त्री मा नियुक्त भएका देउवाले सरकारको नेतृत्व गरेको तिन साता पुग्न लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

गठवन्धनको समर्थनमा सर्वोच्चबाट परमादेश प्रधानमन्त्री भएकाले देउवाले अब भने मन्त्रिपरिषद्लाई पुर्णा दिन लागेका हुन् । कुन मन्त्रालयल कसले पाउने भन्ने खुलाइएको छैन । स्रोतका अनुसार मन्त्री भागवन्डाको विषयमा अहिले नै बाहिर नल्याउने सहमति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर