भारतबाट अवैधरुपमा ल्याइएको सात लाखको सामान बाराको गोलागञ्जबाट बरामद — OSNepal

भारतबाट अवैधरुपमा ल्याइएको सात लाखको सामान बाराको गोलागञ्जबाट बरामद

LC (KTM) April 03, 2024 0

वीरगञ्ज (पर्सा- बाराको गोलागञ्जबाट सशस्त्र प्रहरी बलले रु सात लाख २५ हजारको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको सो सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल विओपी गोलाञ्जबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक माधवप्रसाद ढुङ्गेलको नेतृत्वको टोलीले भारतको घोडासाहानबाट अवैधरुपमा राजस्व छली गरेर नेपाल भित्र्याइरहेको अवस्थामा तीन क्विन्टल फूल, एक सय क्विन्टल प्याज र चार थान मोटरसाइकल बरामद गरेको हो । प्रहरी निरीक्षक ढुङ्गेलले बरामद गरेको सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक ढुङ्गेलका अनुसार तस्करले सशस्त्र प्रहरीलाई देखेपछि तस्करीको सामान छाडेर भागेका थिए । यसअघि पनि कार्यालय चैत १६ गते पनि अवैधरुपमा ल्याएको कपडा मोटरसाइकलसहित बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर