मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै — OSNepal

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै

LC (KTM) April 03, 2024 0

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । मंगलबार बसेको दलको बैठकले सो निर्णय गरेको हो ।

सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ । वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले भन्नुयभयो “विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरुको तर्फबाट विश्वासको मत लिन्छौँ”, उहाँले भन्नुयभयो, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ ।”
प्रमुख सचेतक परियारले केन्द्रको सहमतिविपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर