क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४ मा हुने — OSNepal

क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता अप्रिल १२, १३ र नेपाल डे परेड एसएफ अप्रिल १४ मा हुने

admin April 08, 2024 0

क्यालिफोर्निया । क्यालिफोर्नियामा एनआरएनए कप भलिबल प्रतियोगिता हुने भएको छ । एनआरएनए पश्चिम क्षेत्र, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाति महासंघ क्यालिफोर्निया र क्यालिफोर्नियाका सबै स्थानीय संस्थाहरूले संयुक्त रूपमा एनआरएनए कप भलिबल प्रतियोगितासहित नेपाल डे परेड एसएफ गर्न लागेको छ । हालसम्म कै ठुलो पुरस्कार सहित आयोजान गर्न लागिएको एनआरएनए कप भलिबल प्रतियोगिताका यसपटक निकै रोमाञ्चक हुने आयोजकको दाबी रहेको छ ।

एनाअरएनए बेष्ट रिजन, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाती महासंघ र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल र नेपाली कल्चर चिनाउने उदेश्यले हुन गइरहेको सो परेडमा यस पटक ठूलो धनराशी सहितको अप्रिल १२ र १३ गरि दुई दिने भलिवल प्रतियोगिता पनि समावेश गरिएको बेष्ट रिजनका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

जसका लागि सबै संघ संस्थावाट सहयोग र समर्थन आउने क्रम जारी रहेको र परेडको मिति नजिकिदै जाँदा मानिसहरुको उत्साह जागेको एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा बताउँछन् । एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालका अनुसार परेडमा लाग्ने खर्च ब्यवस्थापनको लागि सहयोग जुटाउने कार्य जारी रहेको छ भने हालसम्म ४० हज्जार भन्दा माथी रकम संकलन भइसकेको छ । नेपाल डे परेडलाई सफल पार्नका लागि भन्दै हालै एक समिक्षात्मक बैठक पनि सम्पन्न भएको छ ।

बैठकमा सहभागीहरुले नेपाल डे परेडको लागि आफूहरु सक्दो सहयोगको लागि तयार रहेको बताएका छन् । एनआरएनए क्यालिफोर्नियाका बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाका अनुसार नेपाली भेषभुषा र कलासंस्कृतिलाई चिनाउने उदेश्यले ‘नेपाल डे परेड’ले नेपाल र नेपालीको गौरपूर्ण गाथालाई थप उचाइमा पुर्याउने विश्वासका साथ काम अघि बढीरहेको छ । जसका लागि क्यालिफोर्नियामा रहेका सबैजना उत्साहित भएर कार्यक्रमलाई सम्पन्न बनाउन लागिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर