शिल्पा शेट्टीद्धारा २९ मिडियाकर्मी तथा मिडिया हाउस माथि मानहानीको मुद्धा दर्ता , भोली सुनवाई हुदै — OSNepal

शिल्पा शेट्टीद्धारा २९ मिडियाकर्मी तथा मिडिया हाउस माथि मानहानीको मुद्धा दर्ता , भोली सुनवाई हुदै

LC (KTM) July 29, 2021 0

पोर्नाेग्राफी केसमा पति राज कुन्द्राको गिरफ्तारी तथा मुम्बई क्राइम ब्रान्चको सोधपुछको सामना गरीसके पछि बलिउड अभिनेत्री शिल्पा शेट्टीले सम्पुर्ण रिस मीडियामाथी पोखेकी छिन् । शिल्पा शेट्टीले मीडियामाथी आफ्नो छबिको बदनाम गराएको आरोप लगाएकी छिन् ।

उनले २९ मीडियाकर्मी तथा मीडिया हाउस बिरुद्ध मुम्बई हाईकोर्टमा मानहानीको मुद्धा दर्ता गरेकी छिन् । राज कुन्द्राका पोर्नाेग्राफी केसमा शिल्पा शेट्टीले गलत रिर्पोटिङ तथा छबि खराब गरेको आरोप लगाएकी छिन् । यस मुद्धामाथी कोर्टमा भोली सुनवाई हुदैछ ।

यसभन्दा अघि मुम्बईको एक अदालतले पोर्नाेग्राफीक फिल्म बनाउने तथा यसलाई केही एप्सको माध्यमबाट प्रशारण गर्ने सम्बन्धि एक मामला कारोबारी राज कुन्द्राको जमानत याचिका बुधबार खारेज गरिदिएको छ । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा ब्यवसायी राज कुन्द्रालाई मुम्बइ पुलिसको अपराध शाखाले १९ जुलाईमा गिरफ्तार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर