थारु गीत 'हेर्ती हेर्ती मोहनी लगैना'ले राष्ट्रिय थारू म्यूजिक अवार्ड २०८० मा ५ बिधामा जित्यो उपाधी — OSNepal

थारु गीत ‘हेर्ती हेर्ती मोहनी लगैना’ले राष्ट्रिय थारू म्यूजिक अवार्ड २०८० मा ५ बिधामा जित्यो उपाधी

LC (KTM) April 11, 2024 0

समधुर थारु गीत हेर्ती हेर्ती मोहनी लगैनाले राष्ट्रिय थारू म्यूजिक अवार्ड २०८० मा बिभिन्न बिधामा उपाधी पाउन सफल भएको छ । जसमा  सर्वोत्कृष्ट गीत २०८०, सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष) २०८० आर के थारू, सर्वोत्कृष्ट संगीतकार २०८० सर्वोत्कृष्ट मोडल (पुरुष) नरेश चौधरी, क्रिटिक्स सर्वोत्कृष्ट मोडेल (महिला) २०८० मधु चौधरीले उपाधी हात पार्न सफल भएका छन् । एउटै गीतले ५ ओटा बिधामा उपाधी पाउन सफल भएको हो । झुम्की प्रोड्युसन्स ब्यानरको प्रस्तुति तथा अरूण आर्यन चौधरीको निर्माणमा तयार भएको गीत थारू गीत संगीतमा कोशेढुङ्गा समेत साबित भएको हो ।

गीतमा आर के थारु , अनुमा चौधरी र सोनु क्विस्मीको स्वर रहेको छ । आर के थारुको शब्द संगितमा तयार भएको गीतमा गणेस चौधरीको एरेन्ज रहेको छ । मिक्सिगं तथा मास्टरिग चन्द्र चौधरीको रहेको गीतको भिडियोको सम्पादन रमेश चोधरीले गरेका हुन् । भिडियोमा नरेश चौधरीको र मधू चोधरीको लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर