करिना कपुर खान ४१३ करोडको मालिक्नी , छन् उनी संग यस्ता महंगा घर र गाडीहरु — OSNepal

करिना कपुर खान ४१३ करोडको मालिक्नी , छन् उनी संग यस्ता महंगा घर र गाडीहरु

LC (KTM) July 29, 2021 0

अभिनेत्री करीना कपूरको नाम बलिउडको टप हिरोईनहरुको लिस्टमा रहेको छ । उनी धेरै बर्ष सम्म फिल्म उद्योगमा राज गरिरहेकी छिन् । आफ्नो २१ बर्षको करियरमा उनले कैयौ प्रकारका चरित्र निर्बाह गरिसकेकी छिन् ।

साथै उनले आफुलाई एकदमै राम्रो अभिनेत्रीको रुपमा उभ्याउन सफल भएकी छिन् । उनको कैयौ फिल्म १ सय करोडमा सामेल रहेको छ । यसबाटै प्रष्ट हुन्छ कि करिनाले धेरै कमाई गरीन् । उनका पति सैफ अलि खान धनी खान्दानको परिवार रहेको छ ।

तर सम्पत्तिकै कुरा गर्ने हो भने करिना आफ्नो पति सैफ संग कुनै पनि मामलामा पछि छैनन् । उनी एक्लै करोडौको मालिक्नि रहेकी छिन् । उनी यस्ती हिरोईन हुन् जो बिबाह पछि पनि चलिनै रहेको छ । उनले फिल्म, बिज्ञापन, शो तथा ब्राण्ड एन्डोर्समेन्ट मार्फत करोडौ कमाएकी छिन् ।

करिनाको अनुमानित ४१३ करोड रुपैयाको सम्पत्ति रहेको छ । उनको स्विजरल्याण्डमा समेत घर रहेको छ । उनको भारतका बिभिन्न शहरहरुमा समेत घर रहेको छ । उनी संग १ करोड ४० लाखको मर्सिडिज समेत रहेको छ । उनले एउटा फिल्म बराबर ८ देखी १० करोड सम्म लिने गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर