रामहरि श्रेष्ठ प्रकरणमा अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने — OSNepal

रामहरि श्रेष्ठ प्रकरणमा अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने

LC (KTM) April 18, 2024 0

काठमाडौँ, ६ वैशाख – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रमिला श्रेष्ठले आज भेट गरी आफ्ना पति रामहरि श्रेष्ठको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने जनाउँदै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो । सो क्रममा रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गर्नुभयो । घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर