संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली — OSNepal

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

LC (KTM) April 20, 2024 0

काठमाडौँ, ८ वैशाख : नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताउनुभएको छ ।

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्य सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनतामा रहेको निराशा चिर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउन र सुशासन दिन सक्नुपर्छ । ” उहाँले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षीलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर