एमाले अध्यक्ष ओली अस्वस्थ्य — OSNepal

एमाले अध्यक्ष ओली अस्वस्थ्य

LC (KTM) April 21, 2024 0

काठमाडौँ, ९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । अस्वस्थ्य भएपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहनु भएको छ । अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर