साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १५ गतेदेखि — OSNepal

साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १५ गतेदेखि

LC (KTM) April 22, 2024 0

काठमाडौँ, १० वैशाख : नेपाल हक्की सङ्घको आयोजनामा छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । पाँचदिने उक्त प्रतियोगिताका खेलहरु काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर