काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै — OSNepal

काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाटमा तटबन्धको योजना बनाइँदै

LC (KTM) April 23, 2024 0

काभ्रेपलाञ्चोक, ११ वैशाख : काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित पर्यकीयस्थल दोलालघाट क्षेत्रमा नदी कटान रोक्न तटबन्धको योजना निर्माण प्रक्रिया सुरु भएको छ ।
सुनकोसी र इन्द्रावती नदी कटानको जोखममा रहेको सो क्षेत्रमा तटबन्ध निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विनय पौडेलले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको निर्देशनअनुसार दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि प्राविधिक नापजाँच गरी लागत अनुमानको प्रारम्भिक प्रक्रिया अघि बढाइएको बताउनुभयो । लागत अनुमानसहितको विवरण पेस गरेर आगामी आर्थिक वर्षको योजनामा बजेटको सुनिश्चितता गरिने पौडेलको भनाइ छ ।

विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढीले बस्ती कटान गरेपछि भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि स्थानीयले तटबन्ध निर्माणको माग गर्दै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिलेसमेत चाखोला तथा दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोसी नदीमा तटबन्ध गर्न प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसताका बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पाँच सय ५१ घर बगाएको थियो । त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचनामा क्षति पु¥याउनुका साथै पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो । बाढीले २६ जनाको ज्यान गएको थियो ।दोलालघाटको पुल हुँदै चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जाने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर