मटिहानी आगलागी पीडितका लागि तत्काल राहत प्याकेज ल्याउने मुख्यमन्त्री यादवको प्रतिवद्धता — OSNepal

मटिहानी आगलागी पीडितका लागि तत्काल राहत प्याकेज ल्याउने मुख्यमन्त्री यादवको प्रतिवद्धता

LC (KTM) April 28, 2024 0

महेन्द्रनगर (धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले महोत्तरीको मठिहानी नगरपालिका–६ जरलहवागाछीस्थित आगलागीपीडितका लागि तत्काल राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मुख्यमन्त्री यादवले शनिबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई क्षतिको एकीन विवरण पठाउन निर्देशन दिइसकिएकाले विवरण प्राप्त भएलगत्तै प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने बताउनुभयो ।

पीडित परिवारसँग कुरा गर्दै मुख्यमन्त्री यादवले हाल जिल्लास्थित विपद् व्यवस्थापन समितिको समन्वयमा तत्कालका लागि राहत वितरणका काम भइरहेका र क्षतिको विवरण आएपछि प्रदेश सरकारले छुट्टै राहत प्याकेज ल्याएर पीडितको पीडामा मलहम लगाउने कामगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यही वैशाख १२ गते मटिहानी नगरपालिका–६ मा भएको आगलागीबाट एक सयभन्दा बढी घर जलेको थिए भने ६० भन्दा बढी घरमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर