बझाङमा सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी — OSNepal

बझाङमा सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी

LC (KTM) April 28, 2024 0

चैनपुर (बझाङ), १६ वैशाखः बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर