हेमन्त ‘कान्छाको ‘जाउँ साइँली बेनी बजार’लाई १ लाख बढीले हेरे — OSNepal

हेमन्त ‘कान्छाको ‘जाउँ साइँली बेनी बजार’लाई १ लाख बढीले हेरे

admin April 29, 2024 0

काठमाडौं । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड गरिएको मौलिक झ्याउरे (लोकदोहोरी) गीत सार्वजनिक गरिएको छ । अग्रज लोकगायक स्वर्गीय पदम बिष्टको सम्मानमा गायक रसाइली र गायिका भट्टाराईको आवाजमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतलाई गायक रसाइलीको आधिकारिक युट्युब च्यानल हेमन्त ‘कान्छा’ रसाइलीबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा गायक तथा चर्चित मोडल प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन सुनिल बिक र कोरियोग्राफर रोशन विश्वकर्माले गरेका हुन् । भिडियो करन चैसिरले खिचेका हुन् । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ ।

पुराना गायक तथा संकलकहरुको सम्मानमा उक्त गीतलाई पुनः रेकर्ड गरिएको रसाइलीले बताए । ‘पुराना सर्जकहरुको सिर्जनालाई संरक्षण र सम्बर्धन गर्नु आजको पुस्ताको दायित्व हो’, उनले भने । नयाँ पुस्तालाई पुराना सिर्जनाहरुसँग साक्षात्कार गर्न आफूले सानो भूमिका खेलेको रसाइलीले बताए ।भिडियोलाई दुईदिनमा एक लाख बढीले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर