शान्तीश्रीको आवाज र शिल्पा पोखरेलको अभिनयमा तयार भयो 'आमा तिमीलाई' — OSNepal

शान्तीश्रीको आवाज र शिल्पा पोखरेलको अभिनयमा तयार भयो ‘आमा तिमीलाई’

admin April 29, 2024 0

काठमाडौं । आमा र आमाप्रतिको माया समेटिएको गीत ‘आमा तिमीलाई’ सार्वजनिक भएको छ । सान्ती श्री परियारको स्वर रहेको गीतमा छोरा, छोरीप्रतिको विभेद, अहिलेको समाजले छोरीलाई कसरी हेर्छ भन्ने विषयलाई उतारिएको छ ।

गीतमा गोविन्द नागिलाको शब्द रहेको छ भने बिवी अनुरागीको संगित रहेको छ । भिडियोमा छोरीले आमाको किरिया बसेको कथा बस्तु लाई गीतको भिडियोमा देखाइएको छ ।

भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलको मर्म श्पर्शी अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायांकन विष्णु खड्काको सम्पादन रहेको भिडियोका निर्देशन नसुव्रतराज आचार्यले गरेका हुन् ।

वृद्ध बाबा, आमालाई वृद्धाश्रम होइन मनको मन्दिरमा राखेर आदर साथ पुजा गरौं’ भन्ने सन्देश सहित उक्त गीत बजारमा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर