देउवा सरकारलाई अघिल्लो सरकारलाई जस्तो गल्ती गर्ने कुनै छुट छैन : गगन थापा — OSNepal

देउवा सरकारलाई अघिल्लो सरकारलाई जस्तो गल्ती गर्ने कुनै छुट छैन : गगन थापा

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । सतारुढ दल नेपाली कांग्रेसका सांसद तथा पुर्व मन्त्री समेत रहेका नेता गगन थापाले वर्तमान सरकालाई गल्ती गर्ने कुनै छुट नभएको बताएका छन् ।

आज शुक्रबार बीपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका नेता थापाले पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई कुनै एक्सक्युज’ नपाउने जनाएका हुन् ।

केपी ओली सरकारले संविधानको आधार नै भत्काउने काम गरेकाले सरकार विहिन भएका नागरिकलाई सरकार भनेको यस्तो हुन्छ भनेर महसुस यो वर्तमान सरकारले गराउनुपर्छ भन्दै आफ्नै नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेकोले त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ’ कार्यक्रममा थापाले भने ।

साथै उनले पार्टीको महाधिवेशन पनि तोकिएकै समयमा गर्न देउवालाई अर्को दवाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर