अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल — OSNepal

अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल

LC (KTM) May 04, 2024 0

कर्णाली-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाको आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेकाले अव अवस्था बदल्न लाग्नुपर्ने बताउनुभयो । “विगतमा आन्दोलनको समय थियो ।

त्यतिबेला हरेकलाई आन्दोलनमा हिँडायौँ तर आज त्यो अवस्था छैन । त्यसैले अब विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हकअधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ”, उहाँले भन्नुभयो ।त्यस्तै, नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा (एमाले)को काँधमा आएको भन्दै उहाँले यो अभियानमा लामबद्ध हुन जरूरी रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “हामी जनताको सेवाका लागि राजनीति गरिरहेका छौँ । त्यसैले पार्टीले सुरूगरेको अभियानलाई गन्तव्यमा पुर्याउन नगर÷गाउँ कमिटीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत्, सञ्चार, पर्यटनलगायत क्षेत्रको विकासका लागि योगदान गर्नुपर्छ । त्यसका लागि व्यक्तिगत स्वार्थभन्दामाथि उठेर जनताका काममा जुट्न म आग्रह गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर