नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी — OSNepal

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी

LC (KTM) May 06, 2024 0

काठमाडौँ, २४ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक जारी रहेको राससलाई जानकारी दिनुभयो । यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर