सभामुख घिमिरेले आज शीर्ष नेतासँग छलफल गर्दै — OSNepal

सभामुख घिमिरेले आज शीर्ष नेतासँग छलफल गर्दै

LC (KTM) May 07, 2024 0

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेतासँग छलफल हुने जनाइएको छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाइएको छ ।

सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर