बलिउडका मशुर भिलेन शक्ति कपुर, उनको फिल्मी डायलगले यसरी ३५ जनालाई जेलको हावा खुवाएको थियो — OSNepal

बलिउडका मशुर भिलेन शक्ति कपुर, उनको फिल्मी डायलगले यसरी ३५ जनालाई जेलको हावा खुवाएको थियो

LC (KTM) July 30, 2021 0

शक्ति कपुरको नाम बलिउडको टप भिलेनमा उल्लेख हुन्छ । आफ्नो भिलेनको भुमीकामा उनी जहिल्यै नायँ अनुषन्धान तथा प्रयोग गर्न माहिर रहेका छन् शक्ति कपुर । शक्ति कपुरले बलिउडमा भिलेन रोलका लागि एक नयाँ आयाम दिएको भन्दा अत्युक्ति नहोला ।

फिल्ममा भिलेनको बिभिन्न रोल प्ले गर्ने शक्ति कपुर एकताका सबैभन्दा उचाईमा पुगेका थिए । उनले भारतीय च्यानल आजतक संग कुराकानी गर्दै भनेका छन्– जसरी समय बित्दै गयो, म भिलेनको रोल बाट एकदमै थकित थिए । एउटा यस्तो समय पनि थियो कि मैले सोचेको थिए कि म अब भिलेन बन्दिन ।

फिरोज खान मेरो हाँसोबाट डराएकी थिईन्

शक्तिले भनेका छन्– दिनै तीन चार फिल्म शुट गर्ने गरेको थिए । बिहान पनि त्यहि डाइलग बोली रहेको छु तथा बेलुका पनि केही यस्तै डाईलगका बीच सीन पुरा गरीरहेको छु । तपाईले हेर्नुभयो भने फिल्मम धेरै जसो भिलेनको डायलग्स समान नै रहेको हुन्छ । दस गनुन्जेल मुनि आइनस भने मार्दिन्छु, तीन गनुन्जेल मुनी आइनस भने तेरो आमालाई मार्दिन्छु , उनी हाँसो अनि उही नाटक ।

मलाई आफैलाई दिक्क लागिसकेको थियो । मलाई खुद आफ्नै हाँसो मन पर्दैन थियो । फिल्म कुर्बानीमा मात्रै मलाई आफ्नो हाँसो मन परेको थियो । त्यसमा साइकोवाला हाँसो थियो । यस्तो साइकोवाला हाँसो देखेर फिरोज खान उठ्दै यार शक्ति तिम्रो हाँसोले मलाई नै डर लाग्यो ।

जब ३५ जना डायलगका कारण गिरफ्तार भए

जब शक्ति कपुरको फिल्म तोहफा रिलीज भएको थियो । त्यस दिन पुरै देशमा ३५ ब्यक्ति प्रहरीको गिरफ्तारीमा परेका थिए । आरोप यो थियो कि फिल्म हेरीसके पछि केटाहरुले कलेजको बाहिर केटीहरुलाई आऊ आऊ भनेर जिस्काईरहेका थिए ।

त्यतिबेला पुलिसले उनीहरुलाई केटी जिस्काएको आरोपमा पक्राउ गरेको थियो । यो खबर एकदमै पक्का थियो किनकि न्युज पेपरले यो समाचार छापेको थियो । शक्तिले भने मेरो डायलगको यति सम्म पपुलारिटी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर