उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट — OSNepal

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

LC (KTM) May 09, 2024 0

काठमाडौँ, २७ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले आज शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरु बीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा लोकतन्त्र, विषयमा छलफल भएको थियो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्न्”, उहाँले भन्नुभयो, “उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरुमा थप सहकार्य गर्नु आजको आवश्यकता हो । ”

सो अवसरमा नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनुभयो । उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरुलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर