मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा — OSNepal

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा

LC (KTM) May 09, 2024 0

काठमाडौँ, २७ वैशाख – सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले समाजकल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, (सुनसरी)लाई मनोनयन गर्ने र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौंँ) लाई नियुक्त गर्ने निर्णय उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर