सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त — OSNepal

सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त

LC (KTM) May 09, 2024 0

काठमाडौँ, २७ वैशाख : सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सम्पूर्ण न्यायाधीशहरूको आज बसेको बैठकले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

पूर्वन्यायाधीश सिजापतिको ८३ वर्षको उमेरमा बुधबार निधनको भएको थियोे । न्यायाधीश सिजापतिले २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर