राष्ट्रियसभा- आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ: सांसद भुसाल — OSNepal

राष्ट्रियसभा- आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ: सांसद भुसाल

LC (KTM) May 10, 2024 0

काठमाडौँ, २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभुति दिन सक्नुुपर्नेमा जोड दिनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारउन्मुख बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर परिवर्तन गरे पनि सोहीअनुसार काम हुने स्थिति हुन सकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नु्भयो, “यस अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपमा परिवर्तन गर्न दिशानिर्देश गर्ने खाल्को नीति तथा कार्यक्रम आउनुपर्छ । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने खालको बजेट बिनियोजन आवश्यक छ ।”

उहाँले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन र उपभोगका लागि राजनीतिक नेतृत्वबाट धेरै काम हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । “हामीले सहिदहरुको सपना पूरा गर्न कति काम गर्यौ ?”, सांसद भुसालले भन्नुभयो, “राजनीतिक व्यवस्था परिवर्तनका निम्ति लडेका, ती सहिदहरुसँगसँगै लडेका हामी कोही सरकारमा छाँ,ै कोही प्रतिपक्षमा छौ । पछिल्लो २० वर्षमा संविधान त बनायौ तर यसमा भएका व्यवस्थाको कार्यान्वयनका लागि हामीले कति काम गर्यौ ?”

उहाँले संविधानले समाजवादतर्फ उन्मुख बनाउन निर्देशित गरेअनुसार काम हुन नसकेको धारणा राख्नुभयो । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन एवं रुपान्तरण क्षेत्रमा काम गर्न नसकेका कारणले उठेका प्रश्नहरुले सिंगो व्यवस्थाप्रति प्रश्न उठेको उहाँको भनाइ थियो ।

सांसद भुसालले भन्नुभयो, “यस अवधिसँग तुलना गर्ने हो भने सन्तुष्ट हुने हो कि हैन भन्ने प्रश्न पनि गर्न चाहन्छु । सत्तापक्षमा हुँदा गरेका छौँ भन्छौ र प्रतिपक्षमा जाँदा किन भएन भनेर प्रश्न गर्छौ । यसका लागि हामी सबै जिम्मेवार छौ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर