‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’ — OSNepal

‘संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’

LC (KTM) May 11, 2024 0

महेन्द्रनगर (धनुषा), २९ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताउनुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताउनुभयो ।

“सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ”, नेता निधिले भन्नुभयो । कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेकोे उहाँको भनाइ थियो ।नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडी बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर