एमाले तनहुँ अधिवेशन : २३ सदस्य निर्विरोध निर्वाचित — OSNepal

एमाले तनहुँ अधिवेशन : २३ सदस्य निर्विरोध निर्वाचित

LC (KTM) May 12, 2024 0

दमौली (तनहुँ), ३० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीको दशौँ अधिवेशनबाट २३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । आज दिउँसो भएको उम्मेदवारी दर्तामा विभिन्न क्लष्टरबाट २३ जना जिल्ला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन कमिटीका संयोजक पदमप्रसाद लामिछानेका अनुसार जिल्ला मजदुरबाट सोमबहादुर आले र भीमबहादुर गुरुङ, जिल्ला खुल्ला अपाङ्गबाट मदन थापा, भूगोल भानु नगरपालिकाबाट महिलातर्फ रुपा तामाङ र उमा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी लेखा कमिटीको अध्यक्षमा प्रेमप्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ, सदस्यहरुमा रामजी खत्री क्षेत्री र कोपिला थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अन्य पदहरुमा मतदानको तयारी गरिएको छ । निर्वाचनमा कूल पाँच सय ८७ मतदाता छन् । जिल्ला अध्यक्षमा हरिराज कँडेल र विष्णुभक्त सिग्देल, उपाध्यक्षमा राजेश्वर ढकाल र श्रीराम कार्की, सचिवमा प्रदीपराज अधिकारी र अनिल पाण्डे, उपसचिव खुलामा खीमबहादुर कुमाल र आरके पोखरेल, महिला उपसचिवमा सुनिता नेपाली र बसुन्धरा घर्ती प्रतिस्पर्धामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर