अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीको प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल — OSNepal

अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीको प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

LC (KTM) May 13, 2024 0

काँक्रेविहार (सुर्खेत), ३१ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताउनुभयो । कर्णाली कार्यक्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारले कर्णालीलाई उच्च प्राथमिकतामा राखे पनि आशातीत सफलता हासिल गर्न नसकेको बताउनुभएको हो । उहाँले भन्नुभयोे, “हाम्रा सहयोगी दातृ निकायहरुको सहयोगअनुसार जति परिवर्तनको महसुस गर्नुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महसुस गर्न सकेको छैन ।”

अवसरको खोजीमा कर्णालीका गाउँहरु रित्तिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्नुहुँदै मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीका लागि विदेशिने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको जीवनस्तर उकास्न सरकारको मात्र प्रयासले सम्भव नहुने उहाँको भनाइ थियो । मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकीकृत रुपमा लैजान सके उपलब्धि हासिल हुने बताउनुभयो । उहाँले आजै सुर्खेतस्थित सङ्घीय कार्यालयका प्रमुखसँग छलफल गरी कर्णाली प्रदेशमा भइरहेका कामका बारेमा जानकारी लिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर