कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन — OSNepal

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

LC (KTM) May 14, 2024 0

वालिङ (स्याङ्जा), १ जेठ : पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बन्नुभएको थियो । उहाँ लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहनुभएको थियो । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौँमा क्यान्सरको उपचार गराइरहनुभएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उहाँलाई भीरकोट ल्याइएको थियो ।

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर