मौलिक हस्तकला संरक्षण गर्न फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने — OSNepal

मौलिक हस्तकला संरक्षण गर्न फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने

LC (KTM) May 15, 2024 0

फुङ्लिङ (ताप्लेजुङ-ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने भएको छ । मौलिक हस्तकलालाई संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल घरेलु तथा साना उद्योग महासङ्घले प्रतियोगिता गर्न लागेको हो ।

यही जेठ ३ देखि ७ गतेसम्म सञ्चालन हुने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा सो प्रतियोगिता गर्न लागेको महासङ्घले जनाएको छ । पछिल्लो पुस्तामा हराउँदै गएको हस्तकला डोको तथा टपरी बुन्ने परम्परा लोप हुँदै गएपछि यसको संरक्षण गर्न प्रतियोगिता गर्न लागिएको घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला सचिव हर्कराज गुरुङले बताउनुभयो । गुरुङका अनुसार प्रतियोगिता महोत्सवको तेस्रो दिन अर्थात् जेठ ५ गते औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको तथा टपरी बुन्ने प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । डोको बुन्ने प्रतियोगतामा प्रथमलाई रु सात हजार, दोस्रोलाई रु पाँच हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु सय प्रदान गरिने घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टपरी बुन्नेतर्फ पहिलोलाई रु तीन हजार, दोस्रोलाई रु दुई हजार, तेस्रोलाई रु एक हजार र सहभागीलाई रु दुई सय उपलब्ध गराइनेछ । कृषि मेलाअन्तर्गत कृषि उपकरण प्रदर्शन, जिल्लाभित्र तथा बाहिरका कृषक र उद्यमीले उत्पादन गरेको वस्तुसमेत ल्याइने भारतीको भनाइ छ । उत्कृष्ट कृषक तथा उद्यमीलाई पुरस्कृत गर्नेसमेत महासङ्घको तयारी रहेको बताइएको छ ।

स्थानीयस्तरमै उत्पादित वस्तुको बजारीकरणको प्रमुख उद्देश्यका साथ सुरु गरिएको मेलामा डोको क्यारी रन पनि समेटिएको महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । यस रनका लागि वीरेन्द्र चोकबाट सुकेटारस्थित सानोपाथीभरा पुगेर पुन वीरेन्द्र चोकसम्म आइपुग्नुपर्ने आयोजकले जनाएको छ । क्यारी रनमा प्रथम हुनेले रु ३० हजार, दोस्रोले हुनेले रु २० हजार र तेस्रो हुनेले रु १० हजार प्राप्त गर्नेछन् । चौथोदखि दसौँ स्थानसम्मका प्रतियोगिलाई रु एक हजार उपलब्ध गराइने महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर