गायक आर के थारूको 'झुम्काना' लोकप्रिय बन्दै — OSNepal

गायक आर के थारूको ‘झुम्काना’ लोकप्रिय बन्दै

LC (KTM) May 15, 2024 0

काठमाडौं – गायक आर के थारूको सुमधुर स्वरमा सजिएको नयाँ गीत बजारमा लोकप्रिय बन्दै गइरहेको छ । केही दिनअघि सार्वजनिक भएको ‘झुम्काना’ बोलको गीतको भिडियोले अहिले राम्रो भ्युज पाइरहेको छ ।

झुम्की प्रोडक्सन्सको व्यानर तथा अरूण आर्यन चौघरीको निर्माणमा बनेको यस गीतमा संगीत तथा रचना टेक राज ओझाको रहेको छ । भिडियोमा चर्चित कलाकार गरिमा शर्मा, मोडल कमल सिंह, गुरॉस ढकाल र गायक थारूको धमाकेदार अभिनय रहेको छ ।

विकास प्रसाईको निर्देशन रहेको यस गीतको भिडियो छायॉकन प्रसिद्ध सिनेमाटोग्राफर हरि हुमागाईले गरेका छन् । हालै झुम्की प्रोडक्सन्सको गीत ‘हेर्ती हेर्ती मोहनी लगैना’ ले वर्ष २०८० को उत्कृष्ट गीत अवार्ड पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर