राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ — OSNepal

राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

LC (KTM) May 16, 2024 0

अन्नपूर्ण (कास्की- नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नुपर्ने बताउनुभएको छ ।नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीद्वारा बुधबार पोखरामा आयोजित प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उपसभापति गुरुङले राजनीतिमा अनुशासनको कमी हुँदै गएको बताउनुभयो । “

 

हामी राजनीतिककर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ, खेलाडीबाट अनुशासन सिक्न जरुरी छ”, उपसभापति गुरुङले भन्नुभयो, “खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर