कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित — OSNepal

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित

LC (KTM) May 16, 2024 0

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै बोल्नका लागि समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर