नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल — OSNepal

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ : नेता डा रिजाल

LC (KTM) May 16, 2024 0

भैरहवा (रुपन्देही), ३ जेठ ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने संभावना धेरै रहेको छ भन्नुभयो ।

फरक प्रसङ्गमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुुशील गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर