शनिबारदेखि भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने — OSNepal

शनिबारदेखि भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने

LC (KTM) May 17, 2024 0

जलेश्वर- भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिनुभएको हो ।

उहाँले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताउनुभयो । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि नियमित रुपमा सञ्चालन हुने जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर