अधिकतम लचकता अपनाएर पार्टी एकताका लागि अधिकतम प्रयास गरिन्छ — OSNepal

अधिकतम लचकता अपनाएर पार्टी एकताका लागि अधिकतम प्रयास गरिन्छ

LC (KTM) July 30, 2021 0

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ । खिर खाने कार्यक्रममा अज उहाँले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताउनुभयो ।

एकता गर्ने नाममा अनिश्चिता नराख्ने उहाँको भनाइ छ । “देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।”

महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पु¥याउन नसकिएको स्पष्ट पार्नुभयो । “शुक्रबारसम्म कार्यदलसँग सम्बन्धित सबै साथीलाई पार्टी अध्यक्षले १० बुँदे सहमति कहाँ अडकिएको छ, विचार नमिलेको कुरा ल्याउनुहोस्, ती कुरालाई छलफलबाट सहमति गर्न सकिन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो, “सम्भवत आज बेलुकासम्म केही कुरा होला । त्यो नभएपनि हामी नरोकि अगाडि बढ्छौँ ।”

पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि आफूहरूले अधिकतम लचकता अपनाउने उहाँको भनाइ छ । अधिकतम लचकता विधि, विधानअनुसार हुनपर्ने बताउनुभयो । “पार्टीभित्रको देखिएको बिग्रहकारी स्थिति अन्त्य हुनुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसको लागि सबै पक्षले भूमिका खेल्नुपर्दछ । पार्टी विधि विधान, पद्दतिअनुसार पार्टी चल्नुपर्दछ । विसं २०७५ जेठ २ गते अगाडिको पार्टी विधानलाई सबैले पालना गर्नुपर्दछ ।” उहाँले पार्टीको वैधानिकता कायम गर्नका लागि तोकिएको समयमा अधिवेशन सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार पार्टी महाविधेशन २०७९ वैशाख १० गतेभित्र गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर