राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ : एमाले उपाध्यक्ष ज्ञवाली — OSNepal

राज्यसत्तालाई लक्ष्य होइन माध्यम बनाउनुपर्छ : एमाले उपाध्यक्ष ज्ञवाली

LC (KTM) May 19, 2024 0

झापा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा झापाको काँकडभिट्टामा उहाँले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताउनुभयो । अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

“सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाइ बनिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर