‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएकोे छ ’ : महासचिव पोखरेल — OSNepal

‘धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएकोे छ ’ : महासचिव पोखरेल

LC (KTM) May 19, 2024 0

देउखुरी (दाङ), जेठ ६- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्र निर्माण र समृद्धिको यात्रा एमालेको सङ्कल्प भएकोे बताउनुभएको छ । नेत्रलाल पौडेलको ४१औँ स्मृति दिवस तथा एमाले जिल्ला कमिटी दाङको १४औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशासहित पार्टी नेतृत्व अगाडि बढेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई बदल्ने हो भने धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएकोे छ ।”

एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरी, एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, पूर्वराष्ट्रियसभा सदस्य विष्णु पौडेल, लुम्बिनी प्रदेश एमाले सचिव लक्ष्मण आचार्य, नेकपा (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एमाले रोल्पा अध्यक्ष अमित बुढालगायतले धारणा राख्नुभएको थियो । जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राममणि पाण्डेले स्वागत गर्नुभएको थियो । दुईदिने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर